कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद

मुस्ताङ। मुस्ताङको कोरला नाकामा ठूलो परिमाणमा तस्करीकाे विद्युतीय चुरोट (भेप) बरामद भएको छ।
सिमा सुरक्षामा खटिएकाे सुरक्षाकर्मीकाे टाेलीले अवैध रुपमा प्रवेश गराउँदै गरेकाे अवस्थामा भेप नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङकी सिडिओ अजिता शर्माले कोरला नाकामा ठूलाे परिमाणमा भेप बरामद भएकाे जानकारी दिइन् । अहिले मुचुल्काकाे काम भइरहेकाे र कसले, के कति परिणाममा ल्याएकाे यसबारे जानकारी आउन बाँकी रहेकाे उनले बताइन् ।
यसअघि गत भदाैमा हुम्लामा पनि ठूलो परिमाणमा भेप बरामद गरिएको थियो। जडीबुटी लोड गरिएको भन्दै पठाइएको कन्टेनरमा करिब ४० हजार थान भेप र २४ सय केजी सेतक चिनी भेटिएको थियाे।
सरकारले नेपालमा भेपको आयात तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि पछिल्लाे समय मुस्ताङ, हुम्लाजस्ता सीमा नजिकका जिल्लाहरू हुँदै अवैध रूपमा भेप भित्र्याउने क्रम बढ्दै गएको छ ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया