निषेधाज्ञामा कर र जरिवाना नलिन सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ जेठ ५ गते १८:०६

काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको अवधिमा कर र जरिवाना नलिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञाको समयमा कर र जरिवाना नलिन आदेश दिएको हो ।
कर विवरण तथा राजस्व दाखिला गर्ने म्याद थप गर्न नेपाल चेम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले यही जेठ १ गते गरेको आग्रह सरकारले अस्वीकार गरेको थियो ।
निषेधाज्ञा पूर्णरुपमा हटेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनसमेत सर्वोच्चले आदेश दिएको छ ।
कोभिड १९ का कारण सिर्जित बन्दाबन्दीको विषम परिस्थितिमा करदाताले करको विवरण र कर दाखिला गर्न सक्ने अवस्था र परिस्थिति नदेखिएकाले सहज वातारवरण भएपछि मात्र करदाताको जिम्मेवारी हुने सर्वोच्चले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया