बिहीबार, फागुन २१, २०८२

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

मेरोन्यूज २०८२ पुष ३० गते ११:०२

काक्रेविहार (सुर्खेत)। वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मोटरसाइकको ठक्करबाट घाइते वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ । उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

प्रतिक्रिया