कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन सकेन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका छन् ।
नेता डा कोइरालाले आज एक विज्ञप्ति जारी गरी कांग्रेसलाई एकताबद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको र यस घटनामा संलग्न हामी सबै चुकेको बताए । डा कोइरालाले कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्ने सोचका साथ इमानदार प्रयास गरे पनि विभाजनबाट पार्टीलाई जोगाउन नसकेकामा दुःख व्यक्त गरे ।
उनले आगामी दिनमा आफ्नोसामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको बताए । नेता डा कोइरालाले अहिलेको विषम परिस्थितिमा पार्टीभित्र एकताको खाँचो रहेको उल्लेख गर्दै सुदृढ कांग्रेसका पक्षमा एक हुन अनुरोध गरे ।
नेता डा कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने भन्दै सबैलाई आफ्नो घरमा फर्कन विज्ञप्तिमार्फत आह्वान गरेको छ ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया