शुक्रबार, माघ २, २०८२

निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा

मेरोन्यूज २०८२ माघ २ गते १६:५६

काठमाडाैं । निर्वाचन आयोगको कार्यालयमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस र गगन थापा नेतृत्वको कांग्रेसका नेताहरू लेप्रदर्शन गरेका छन्। दुवै समूहका नेता कार्यकर्ताले अहिले आयोग बाहिर नाराबाजी गरिरहेका छन्।

नेपाली कांग्रेस जिन्दावादको नारा लगाउँदै दुवै पक्षले आफू पक्षधर कांग्रेस भन्दै दावी गर्दै आएका छन् ।

 आयोगमा अहिले सुरक्षा सतर्कता बढाइएको छ।  आयोगको मुख्यद्वारमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बाहिर ‘वाटर क्यानन’ पनि तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया