समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौ। प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका माध्यमबाट समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताए । माघी पर्वका अवसरमा थारू समुदायले यहाँ आज आयोजना गरेको माघी महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न समुदायले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताए ।
उहाँले भन्नुभयो, “हामी विविध छौँ, तर एउटै छौँ । हामी बहुल छौँ, तर सँगै छौँ । हामी धेरै भएर नै पूर्ण छौँ ।” विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको तथा यही नै हाम्रो मौलिक पहिचान र शक्ति भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
उनले भने, “वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ । यस्ता सांस्कृतिक पर्वको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ ।” कर्मशील थारू समुदायसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भने, “मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ ।
थारुको भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ । त्यसैले माघी मेरा लागि विशेष पर्व हो ।” ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकी प्रस्तुत गरिएका थिए ।

















दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल–भारत सीमानाकामा सुरक्षा कडाइ
निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया