शुक्रबार, माघ २, २०८२

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

मेरोन्यूज २०८२ माघ २ गते ११:२७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन आयोगमा आधिकारिता दाबी गर्दै केही प्रमाण बुझाएको छ ।

कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसा भण्डारीलाई बुझाएका हुन् ।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भएपछि देउवा समूह वैधानिकताका लागि दबाब दिन शुक्रबार बिहानै कान्तिपथस्थित निर्वाचन आयोग पुगेको हो।

कार्यवाहक सभापति खड्का, धनराज गुरुङ, बिमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेतसँगै देउवा समूहका केन्द्रीय सदस्य दबाब दिन आयोग पुगेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताएका छन् ।

प्रतिक्रिया