एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
मेरोन्यूज
२०८२ माघ २ गते १४:४७

काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउने छ । एमालेले एक महिलासहित कम्तिमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
सम्बन्धित













कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
Slight increase in gold and silver price
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया