रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
मेरोन्यूज
२०८२ माघ ३ गते १४:३१

त्रिवेणी (रुकुम पश्चिम)। रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ । अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए ।
सम्बन्धित
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया