राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
मेरोन्यूज
२०८२ माघ ३ गते १७:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने बताएका छन् । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिएका हुन् ।
उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताए । त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए ।
एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया