राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
मेरोन्यूज
२०८२ माघ ३ गते १७:३१

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने बताएका छन् । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिएका हुन् ।
उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताए । त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए ।
एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया