प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
मेरोन्यूज
२०८२ माघ ३ गते २०:०१

दोधारा चाँदनी (कञ्चनपुर),३ माघ (रासस) : यहाँ प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष विरेन्द्रबहादुर चन्दले छनौटका लागि ६० जना खेलाडीले नाम दर्ता गराएका र त्यसकै आधारमा चार वटा टोली बनाएर प्रतियोगिता सुरु गरिएको जानकारी दिनुभयो ।
५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्नेछन् । यही प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाको टीम तयार गरिने अध्यक्ष चन्दले बताउनुभयो ।
सम्बन्धित















इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो
कञ्चनपुरमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया