काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट राजीनामा दिँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् ।
महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्। रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् । बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् ।
रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अगाडि सार्ने सहमति गरिसकेको छ ।रास्वपाले बैठक अगाडि घण्टी घरमा बालेनलाई भव्य स्वागतको तयारी गरेको छ ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया