उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
मेरोन्यूज
२०८२ माघ ५ गते १८:२१

रुकुम पूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुगेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न आज प्रचण्ड यहाँ पुगेका हुन् ।
अध्यक्ष दाहालले भोलि मङ्गलबार उम्मेदवारी दर्ता गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्वका जिल्ला इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री यस जिल्लाबाट चुनाव लड्दा यहाँको विकासलाई लिएर रुक्मेली जनता उत्साहित रहेको उद्योग वाणिज्य सङ्घ रुकुम पूर्वका अध्यक्ष केवेन्द्र गौतमले बताए । जनयुद्धको उद्गम थलोका रूपमा चर्चा पाएको यस जिल्लाले चुनावी मैदानमा प्रचण्डको आगमनले यहाँको विकासले उचाइ लिने अपेक्षा गरेको उनले बताए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया