ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोडेका छन् । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाइएको एक पाठ सन्देशमा उनले अब आफू ‘विशुद्ध शान्तिको बारेमा सोच्न बाध्य’ नरहेको बताएका छन् ।
उक्त सन्देश सार्वजनिक भएपछि नाटो सदस्य डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको चेतावनीका कारण वासिङ्टन र युरोपका नजिकका सहयोगीहरूबीचको तनाव थप बढेको देखिएको छ । यसअघि ट्रम्पले नर्वे, डेनमार्क र ग्रिनल्यान्डसहित आठ युरोपेली देशका सामानमा फेब्रुअरीदेखि १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थीए जसको ती देशहरूले कडा विरोध गरेका छन् ।
अमेरिकाका परम्परागत सहयोगी राष्ट्रहरूले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कल्लासले युरोपले द्वन्द्व नचाहेको तर आफ्ना आधारभूत मूल्य र हितको रक्षा गर्ने अडानमा रहने बताएका छन्।
ह्वाइट हाउसले बल प्रयोग गरेर ग्रिनल्यान्ड नियन्त्रण लिने कुनै निर्णय नभएको जनाएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले राष्ट्रपतिले केही छोड्ने निर्णय नगरेसम्म अडान नबदलिने टिप्पणी गरे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि शान्त वार्ताबाट समाधान सम्भव रहेको बताउँदै सैन्य कारबाही हुने विश्वास नगरेको जनाए ।
यसबीच, हजारौँ ग्रिनल्यान्डवासीहरूले सप्ताहन्तमा टापु कब्जा गर्ने कुनै पनि प्रयासविरुद्ध प्रदर्शन गरे । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले करको धम्कीले आफ्नो धारणा नबदलिने स्पष्ट पार्दै ‘हामीमाथि दबाब दिइने छैन’ भने । त्यहाँकी मन्त्री नाजा नथानियलसेनले सहयोगी राष्ट्रहरूको द्रुत प्रतिक्रियाले यो विषय ग्रिनल्यान्ड मात्र नभई अन्तर्राष्ट्रिय सरोकारको विषय भएको देखाएको बताए ।
नर्वे सरकारले सार्वजनिक गरेको ट्रम्पको सन्देशमा ‘आठ युद्ध रोकेको बाबजुद नोबेल शान्ति पुरस्कार नदिइएकाले अब शुद्ध शान्तिको दायित्व महसुस नगरेको’ उल्लेख छ । सन्देशमा ‘ग्रिनल्यान्डको पूर्ण नियन्त्रण नभएसम्म विश्व सुरक्षित हुँदैन’ भनिएको छ । ह्वाइट हाउसले सन्देशको प्रामाणिकता पुष्टि गर्दै ट्रम्पले अमेरिकी नियन्त्रणले ग्रिनल्यान्डवासीलाई सुरक्षा दिने विश्वास राखेको जनाएका छन् ।
नर्वेका प्रधानमन्त्री स्टोरले ग्रिनल्यान्ड डेनमार्कको हिस्सा भएको र नर्वेले डेनमार्कको पूर्ण समर्थन गर्ने स्पष्ट पारे । साथै नोबेल शान्ति पुरस्कार नर्वे सरकारले नभई स्वतन्त्र नोबेल समितिले प्रदान गर्ने कुरा ट्रम्पलाई स्पष्ट गरिएको उनले बताए ।
गत वर्ष भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारप्रति ट्रम्पले चासो देखाएका थिए । यद्यपि सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले नोबेल पुरस्कारको परवाह नगरेको र आफूलाई ‘जीवन बचाउने’ कुरामा मात्र चासो रहेको बताए ।
ट्रम्पले करलाई कूटनीतिक मोलतोलको माध्यमका रूपमा प्रयोग गर्ने सङ्केत पनि गरेका छन । युरोपेली देशहरूले भने ग्रिनल्यान्डमा सीमित सैन्य उपस्थिति आर्कटिक सुरक्षाको मूल्याङ्कन र रूस तथा चीनसम्बन्धी चिन्ताको प्रतिक्रियामात्र भएको बताएका छन् ।
नाटोका महासचिव मार्क रुटेले ग्रिनल्यान्ड क्षेत्र सामूहिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाूले युरोपेली सङ्घ (इयु) कुनै पनि प्रकारको जबरजस्तीको सामना गर्न तयार रहेको बताउँदै आगामी शिखर सम्मेलनको घोषणा गरेका छन् ।















सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रतिनिधि सभा सदस्य निर्वाचन : कतिले गराए उम्मेदवारी दर्ता ?
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया