अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा

काठमाडौं । ललितपुरको झम्सिखेलस्थित ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समिति (बोर्ड अफ गभर्नर्स) को अध्यक्ष बनेका विल्को नानो ब्रामले राजीनामा दिएका छन् ।
नेपालमा डिपेन्डेन्ट वा पर्यटक भिसामा अवैध धन्दा चलाउने आराेप लागेका नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामले स्कुलको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
स्राेतका अनुसार नेपाल सरकारको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ‘श्रम स्वीकृति नलिएको’ भनी प्रमाणित गरिसकेका विल्कोले स्कुलको सञ्चालक समितिको अध्यक्ष बनेर करोडौं आर्थिक कारोबार र गम्भीर कानुनी निर्णय गर्दै आएका थिए । ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिको अध्यक्ष रहेका नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामको अवैध धन्दामा पर्यटक भिसामा नेपाल आएका अमेरिकी सन्तोष श्रेष्ठ र बेलायती क्यारन आर्लिन बासु रे ले सघाउँदै आएका थिए ।
नेपालको कानुन विपरित डिपेन्डेन्ट भिसामा आएका यि विदेशीहरुले स्कुलको नीति निर्माण, आर्थिक कारोबार, कर्मचारी भर्ना तथा छनौटमा मनपरी गर्दै आएको स्रोतले बतायो ।
पछिल्ला दिनमा मिडियाको चर्को दवावबीच ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिको अध्यक्ष रहेका नेदरल्यान्ड्सका नागरिक विल्को नानो ब्रामले राजीनामा दिएका हुन् । अन्य दुई अमेरिकी सन्तोष श्रेष्ठ र बेलायती क्यारन आर्लिन बासु रे ले राजीनामा दिएका छैनन् ।
यि विदेशीहरुको मनपरीबाट स्कुलका अभिभावकहरुले आजित भएको बताए । पर्यटक भिसामा नेपालमा बसेर मनपरी गर्दै आएका यि विदेशीहरुलाई अध्यागमन विभागले पनि कारबाही गर्न ढिलो गरेकोमा स्कुलका अभिभावकहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

















‘UAE always ready for humanitarian aid’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
सर्लाहीवासीलाई रविले भने – काठमाडौँबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुस्
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
प्रतिक्रिया