पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी तोकियो

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत जाेडिएकाे पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दामा पेसी तोकिएको छ।
विशेष अदालतको बारम्बारको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएपछि माघ १४ गतेका लागि मुद्दाको पेसी तय भएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार पुनः अनुसन्धान फाइल झिकाउन आदेश दिएपछि अख्तियारले एकसातापछि आज बुधबार कागजपत्र पठाएको हो ।
अख्तियारले गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । मुद्दामा उनीहरुसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विशेष अदालतले नेपालसँग ३५ लाख रुपैयाँ धरौटी रकम मागेको थियो । उक्त रकम बुझाएर सहसंयोजक नेपाल गत असार ११ गते राति रिहा भएका थिए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया