पतञ्जलि भ्रष्टाचार प्रकरण मुद्दाको पेसी तोकियो

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत जाेडिएकाे पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दामा पेसी तोकिएको छ।
विशेष अदालतको बारम्बारको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल पठाएपछि माघ १४ गतेका लागि मुद्दाको पेसी तय भएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार पुनः अनुसन्धान फाइल झिकाउन आदेश दिएपछि अख्तियारले एकसातापछि आज बुधबार कागजपत्र पठाएको हो ।
अख्तियारले गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । मुद्दामा उनीहरुसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
विशेष अदालतले नेपालसँग ३५ लाख रुपैयाँ धरौटी रकम मागेको थियो । उक्त रकम बुझाएर सहसंयोजक नेपाल गत असार ११ गते राति रिहा भएका थिए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया