ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन् ।
ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २३ मध्यमा ७ जना स्वतन्त्र रहेका छन् भने १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार दर्ता गराउनुभएको छ । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर क्षेत्र नं १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उदय शमशेर राणा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिष्ट पार्टीबाट सुनिल महर्जनलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ बाट रास्वपाकी डा तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल सहित नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ । साथै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच पनि प्रतिस्पर्धा रहने देखिएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया