ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा २५ जना पुरुष र तीन जना महिला उम्मेदवार छन् ।
ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २३ मध्यमा ७ जना स्वतन्त्र रहेका छन् भने १६ जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार दर्ता गराउनुभएको छ । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ मा पनि २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुर क्षेत्र नं १ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट उदय शमशेर राणा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बुद्धरत्न महर्जन र नेपाल कम्युनिष्ट पार्टीबाट सुनिल महर्जनलगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यसैगरी ललितपुर क्षेत्र नं ३ बाट रास्वपाकी डा तोसिमा कार्की, कांग्रेसबाट जीतेन्द्र श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं २ बाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल सहित नेपाल कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य र कांग्रेसबाट राजेन्द्र अमात्य उम्मेदवारी परेको छ । साथै अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबीच पनि प्रतिस्पर्धा रहने देखिएको छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया