स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बोर्डको नेतृत्व रिक्त नराख्न मन्त्रालयका सहसचिव पौडेललाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए ।
“बिमा बोर्ड जस्तो महत्वपूर्ण ठाउँमा प्रमुख पद खाली राख्न भएन । त्यसैले मन्त्रालयका सहसचिव पौडेललाई केही समयका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो,” उनले भने ।
कार्यकारी निर्देशक डा रघुराम काफ्लेले गत आइतबार राजीनामा दिएका थिए । निमित्त कार्यकारी निर्देशक पौडेल मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा प्रमुख हुन्छन्। मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार उनलाई बोर्ड र नीति तथा योजनामा महाशाखा दुवै हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया