कोरोना महामारी नियन्त्रणका लागि स्पेनबाट १४ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री बिहीबार(अहिले केही बेरअघि) नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट रहेको म्याड्रिडस्थित नेपाली राजदूतावासले जनाएको छ ।
बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए।
सामग्री लिएर स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान सोही विमानमा नेपाल आउँदै छन् । निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन्।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया