पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् ।
जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो। । घटनाको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् ।
प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत आठ जनाको पहिचान पुष्टि भइसकेको बताइएको छ ।
उद्धार र शव पहिचानको कार्य सुस्त गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन् । आफ्ना बेपत्ता आफन्तको खोजीमा ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् ।
प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई एक करोड पाकिस्तानी रुपैयाँ( करिब ३५ हजार ७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, मलभित्र रहेका करिब एक हजार २०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि यति ठूलो स्तरको आगलागी दुर्लभ मानिन्छ । प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ ।
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया