मंगलबार, चैत १०, २०८२

रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

मेरोन्यूज २०८२ माघ ९ गते १३:२६

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।

Advertisement
nepal life insurencenepal life insurence

स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको उनले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुगेको हुँदा उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

उनले उम्मेदवारी फिर्ता लिए पनि राष्ट्र सेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताउँदै राजनीति भित्र वा बाहिर रहेर प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएकी छन्।

प्रतिक्रिया