रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) की उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन्।
स्थायी आवसीय अनुमतिपत्र (पिआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको उनले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना पुगेपछि मात्र उम्मेदवारी दिनु पर्नेमा त्यो अवधि नपुगेको हुँदा उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।
उनले उम्मेदवारी फिर्ता लिए पनि राष्ट्र सेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने बताउँदै राजनीति भित्र वा बाहिर रहेर प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएकी छन्।
















बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया