राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संगठनलाई आधुनिकीकरण र द्रुत परिचालनयोग्य बनाउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू बाधक नभई साधन बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेको बताए ।
उनले राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने बताए । उनले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित गर्न मन्त्रालयले रणनीतिक रूपमा अघि बढेको कार्यलाई निरन्तरता दिइरहेको बताए ।
अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मापदण्डअनुरुप बीओपीहरूको विस्तार, विद्यमान बीओपीहरूको आधुनिकीकरण तथा सम्पूर्ण संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया