नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हरिबोल गजुरेलसहित ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा) र जिवछ साह (सिराहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको हो।
नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालको संयुक्त हस्ताक्षरमा शनिबार जारी विज्ञप्तिअनुसार ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको हो।’
शुक्रबार मात्र नेता गजुरेल सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता लिन पार्टीले दिएको निर्देशनविपरीत त्यहाँका बागी उम्मेदवार महेश्वर दाहालको चुनावकाे प्रचारमा निस्केका थिए ।

















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया