पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना

काठमाडौं । पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पूजाले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन् । कप्तान इन्दु बर्माले २२ रन बनाइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् । बिलभ्ड बिजाले ३४ तथा मोडेस्टर मुपाचिवाले १४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि जित्नैपर्ने दबाब रहनेछ ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया