फेसबुकका उपाध्यक्षले दिए राजीनामा

काठमाडौं । फेसबुकले यही वर्ष स्मार्ट चश्मा बजारमा ल्याउने गरी काम गरिरहेको छ । तर, स्मार्ट चश्मा विभाग हेर्ने उपाध्यक्षले राजीनामा दिएका छन् ।
फेसबुकको अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटी इकाइ हेर्ने उपाध्यक्ष ह्युगो बार्राले फेसबुक कम्पनी छाड्न लागेको बताएका छन् । उनले चार वर्ष अगाडि शाओमी छाडेर फेसबुकमा जागिर गरेका थिए । आफ्नो फेसबुकमा लेख्दै उनले, “स्वास्थ्यको क्षेत्रमा नयाँ अन्वेषण गर्न फेसबुक छाड्न लागेको बताए ।”
फेसबुक टिमले छोटो समयमा ओकुलस गो, क्वेस्ट, क्वेस्ट टू आदिको उपलब्धीलाई दृष्टिगत गर्दा गौरवान्वित भएको भन्दै उनले, “फेसबुकले आगामी दिनहरुमा ल्याउने नयाँ प्रडक्टहरुलाई लिएर उत्साहित छु ।” रेबनसँगको सहकार्यमा फेसबुकले स्मार्ट चस्मा ल्याउँदैछ । यसले भर्चुअल रियालिटी हेडसेट र अग्मेन्टेड रियालिटी चस्मा बीचको विन्दुलाई जोड्नेछ ।









नेपालमा शाओमी १५टी : लाइका क्यामेरा प्रविधिका साथ आकर्षक मूल्यमा
हरेक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरभित्रै : राष्ट्रसंघ
एमालेले दियाे सर्वोच्चमा रिट, प्रतिनिधि सभा पुनर्स्थापना र प्रधानमन्त्रीको नियुक्ति बदर गर्न माग
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
चुनावमा भाग लिने कांग्रेसको निर्णय
प्रतिक्रिया