सोमबार, माघ १२, २०८२

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी

मेरोन्यूज २०८२ माघ ११ गते १८:२२

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस-एमाले-जसपा गठबन्धन विजयी भएकाे छ।

महिलातर्फ एमालेकी रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मत प्राप्त गरिन् ।

यस्तै अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभारका साथ विजयी भए भने अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए।

प्रतिक्रिया