फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

पर्वत। पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन् । आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन् ।
नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइँसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइँसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ ।
फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइँसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिए । शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन्भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै गरी वडा नं २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइँसराइ गरी गएका छन् । यस्तै वडा नं ३ शङ्करपोखरीमा तीन जना बसाइँसराइ गरी आएका छन्भने ४८ जना बसाइँसराइ गरी गएको नगरपालिकाका तथ्याङ्क रहेको छ ।
फलेवास –४ मुडिकुवाबाट बसाइँसराइ जानेको सङ्ख्या २९ छ । फलेवास –५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छभने फलेवास –६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन् । फलेवास –७ लिमीठानामा १८ जना बसाइँसराइ गरी आएका छन् भने ४९ जना गएका छन् । फलेवास –८ ठानमौलामा ३३ जना बसाइँसराइ गरी गएका छन् । फलेवास –९ भङ्गरामा दुई जना बसाइँ आएका छन्भने ५२ जना बसाइँसराइ गएका छन् । त्यसैगरी, फलेवास –१० कुर्घामा चार जना बसाइँसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन् । फलेवास –११ पाङ्गराङमा सात जना बसाइँसराइ आएका छन्भने ७१ जना बसाइँसराइ गरी गएका छन् ।
नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिए । उनका अनुसार बसाइँसरेर पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन् ।
बसाइँसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उनको दाबी छ । चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ । सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।
गाउँगाउँमा सिंहदरबार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दुःखद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताए । उनले स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
















युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
काठमाडौंका ९ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया