विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा कजारियाको उपस्थिति विस्तार

विराटनगर । प्रिमियम टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई लक्षित गरेको छ।
शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थिति रहेको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री पराजुलीले कजारियाको लगानीले स्थानीय रोजगारी र आर्थिक वृद्धिमा योगदान पुर्याउने उल्लेख गरे। निर्देशक अग्रवालले विराटनगरमा नयाँ शोरूम उद्घाटन पूर्वी नेपालका ग्राहकसम्म विश्वस्तरीय टायल अझ नजिक पुर्याउने महत्वपूर्ण कदम भएको बताए।
रणनीतिक स्थानमा अवस्थित शोरूममा आवासीय तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त कजारियाका प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह उपलब्ध छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ।
विराटनगर शोरूमको उद्घाटनसँगै नेपालको निर्माण तथा आन्तरिक सजावट क्षेत्रमा कजारियाको अग्रणी भूमिका अझ सुदृढ हुने विश्वास गरिएको छ।
















२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
प्रतिक्रिया