बुधबार, माघ १४, २०८२

सरकार र जेनजीबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने

मेरोन्यूज २०८२ माघ १३ गते १८:२०

काठमाडाैं । सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता विरूद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले विपक्षको नाममा कारण देखाउ आदेश र अन्तरिम आदेश छलफलका लागि बोलाउने आदेश दिएको थियो। पुस ११ गते न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले दुई वटा रिटलाई एकसाथ राखेर पेस गर्न भनिएको थियो।

त्यसपछि पटकपटक हेर्न नभ्याइनेमा पर्दै आएको उक्त रिट मंगलबार सुनुवाइका लागि पूर्ण इजलासमा राख्ने आदेश गरेको हो।

गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा पुस ३ मा रिट दायर भएको थियो।

प्रतिक्रिया