संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्याे चुनावी घोषणापत्र

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा संघीयता खारेज हुनुपर्ने र देशको राष्ट्रियता, सार्वभौमता र अखण्डताको रक्षा हुनुपर्नेलगायतका विषयलाई समावेश गरिएकाे छ ।
पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीलेसंघीयताको खारेजी गरी गणतन्त्र र राष्ट्रियतामाथि आएको संकटकाविरुद्ध सबैजना एकजुट हुनुपर्ने समय आएको बताए ।
उनले यसअघिको सरकारमा, सत्तामा भएकाबाट आफ्ना उद्देश्य पूरा नहुने हुनाले चलिरहेको संसदलाई विघटन गरेर एनजिओ आइएनजीओका मान्छे सरकारमा राखेर चुनाव गराउन खोजिएको आरोप लगाए । समयमा नै चुनाव नहुने विश्वासका साथ सरकारमा गएकाहरू चुनाव हुने भए पनि आफ्नो फाइदा हेरेर राजीनामा दिँदै चुनावमा होमिएको उनले बताए ।
घोषणापत्रमा प्रवासी नेपालीलाई मताधिकार, विदेशी ऋणको दुष्चक्रबाट मुक्ति अन्तर निर्वाचन क्षेत्रबाट मताधिकारको व्यवस्था, दुर्गम गाउँमा सुपथ मूल्य पसल, पहाडबाट बसाइसराइ न्यूनीकरण, द्वन्द्व पीडितलाई न्याय र राहत, बौद्धिक पलायन रोक्ने प्रतिबद्वता गरिएकाे छ ।
त्यस्तै जेष्ठ नागरिकको स्वास्थ्यको पूर्ण जिम्मा, मजदुरहरूको हकहित र रोजगारीको व्यवस्था, खाद्य सुरक्षा, कारागारको अवस्थामा सुधार, एकीकृत नमुना बस्ती, ग्रामीण विकास मानव अधिकारको पूर्ण पालना, खेलकुद‚ शिक्षा र सामाजिक सुरक्षाको नीति अपनाइने घोषणापत्रमा उल्लेख छ ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया