नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै

कास्की। देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ः०० बजे भिड्दैछन् ।
यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ । नेपाल र भारत दिउँसो ३ः०० बजे आमनेसामने हुँदैछन् । पोखरामा पहिलोपटक आयोजना भएको साफ महिला फुटबलमा चार देशले सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ ।
जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिनुभयो । खेलअघिको पत्रकार सम्मेलनमा सहभागी चारै देशका प्रशिक्षक र टोलीका कप्तानले टोलीका युवा खेलाडीबाट राम्रो फुटबलको अपेक्षा गरिएको र उपाधि जित्ने योजना रहेको सुनाए ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ रु २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

















काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
यस्तो छ बुधबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
चैत ४ गते बुधबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
प्रतिक्रिया