आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं ।आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख । विश्व सीमसार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम सम्पादन हुनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ ।
वृष :हिम्मत गर्दा लक्ष्यकाे उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्याेगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मिथुन : सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
कर्कट : साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पेसा–व्यसायमा मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
सिंह : खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। लागत मूल्यांकन नगरी काम थाल्दा समस्या पर्न सक्छ। समय लागे पनि यात्राकाे साइत जुर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नो मिहिनेतबाट अरूले फाइदा लिन सक्छन्, सजग रहनुहाेला।
कन्या : दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ।
तुला : पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। पेसा तथा व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
वृश्चिक : प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। साेचेको लाभांश प्राप्त नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ।
धनु : स्वास्थ्य कमजोर रहनेछ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। लक्ष्यअनुसारकाे उपलब्धि नभए पनि पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
मकर : प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।
कुम्भ : मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
मीन : शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। पेसा–व्यवसायमा पनि राम्रै लाभ उठाउन सकिनेछ।
















राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
PM Karki’s first address to NA, assures impartial election on scheduled date
अष्ट्रेलियामा अनलाइन सुरक्षा कानूनको कार्यान्वयनः चार लाख १५ हजार खाता बन्द
‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया