शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्

नारायणगढ (चितवन)। भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ ।
भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ ।
डा सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।” उनले नवजातदेखि १२ महिनासम्मको बच्चामा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यकपर्ने बताए ।
अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर धेरै बिरामी आउने गरेको उल्लेख गर्दै उनले भने, “भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो । खानपानबाट विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन ।
जस्तै नूनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन । साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।”
उनले थपे, “भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ । ” उनले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए ।
उनले जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताए। उनका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ ।
पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा बाङ्गो हुनु जस्ता लक्षण देखापर्ने डा सापकोटाले बताए ।
किन हुन्छ भिटामिन ‘डी’ को कमी ?
भिटानिम डीको मुख्य स्रोत सूर्यको प्रकाश हो । तसर्थ दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी ताप्नु पर्छ । सूर्यमा सीधै सम्पर्क हुन सकेन या शरीरले कुनै पनि माध्यमबाट सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । सूर्यको प्रकाशबाहेक सामुद्रिक खानाहरू माछा, मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन्छ।
भिटामिन ‘डी’ हुँदा देखिने लक्षणहरू
– ज्यादै थकाइ लाग्ने
– शरीर कमजोर भएको महसुस हुने
– हिँड्डुल गर्नसमेत कठिन हुने
– शरीरमा बारम्बार किटाणु संक्रमण हुने
दाँत र हड्डी बलियो राख्न भिटामिन डी अति आवश्यक पर्छ । मुख्यगरी दाँत र हड्डीलाई बलियो बनाउन क्याल्सियम आवश्यक पर्छ । शरीरमा भएका क्याल्सियम र मिनरललाई सोस्ने काम भिटामिन डीले गर्छ अर्थात् भिटामिन डीले क्याल्सियमलाई चलायमान बनाउँछ, हर्मोनको काम पनि गर्छ । सूर्यको किरणले शरीरमा छोएपछि यो भिटामिन डी–३ मा रूपान्तरण हुन्छ।
भिटामिन डीको कमीले शरीरमा क्याल्सियमले काम गर्दैन । यस्तो अवस्थामा हड्डी कमजोर हुने, जोर्नी दुख्ने र कतिपयमा अवस्था हड्डी कमजोर भएर चर्किने समस्या हुन्छ । बालबालिकामा यसको कमी भयो भने शारीरिक वृद्धि–विकासमै असर पर्ने डा.अधिकारी बताउँछन् । भिटामिन डीले स्मरण शक्ति राम्रो राख्न, हड्डी बलियो बनाउन, शरीरमा अन्य रासायनिक गतिविधि सञ्चालन गर्न पनि मद्दत पु¥याउँछ ।
आन्द्रामा घाउ भएका, मिर्गौलामा पुरानो रोग भएका, जन्डिस बढेका बिरामीमा पनि भिटामिन ‘डी’ को कमी हुन्छ । कलेजोका बिरामी, मिर्गौलाका बिरामीलाई पनि भिटामिन ‘डी’ को कमी हुन्छ । यसबाहेक भिटामिन ‘डी’ को कमीले रक्तचाप बढ्ने र मुटुको रोगसमेत लाग्ने चिकित्सक बताउँछन् । पछिल्लो चरणमा भएका विभिन्न अध्ययनले भिटामिन ‘डी’ को कमीले ठूलो आन्द्रा तथा अन्य अंगको क्यान्सरसमेत वृद्धि भएको देखाएका छन् । यसले शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर भइ विभिन्न रोगले आक्रमण गर्ने बताइएको छ ।
त्यसो भए भिटामिन ‘डी’ पूर्ति कसरी गर्ने ?
भिटामिन ‘डी’ कमी हुनुको कारण पत्ता लगाई औषधि सेवन गर्नुपर्छ । भिटामिन ‘डी’ भएका खानेकुराहरू खाएर पनि यसको पूर्ति गर्न सकिन्छ । तर खानेकुराबाट पूरै पूर्ति गर्न सम्भव नहुने चिकित्सक बताउँछन्।
भिटामिन ‘डी’ भएका खानाहरू सामुद्रिक माछा, दूधबाट बनेका परिकार, सुन्तला, कलेजो, पनिर, अन्डाको पहेंलो भागजस्ता खानेकुरा नियमित सेवन गर्नुपर्छ । खानाबाट मात्र भिटामिन ‘डी’ पूर्ति गर्न सजिलो नभएकाले घाम तापेर पनि शरीरमा भिटामिन ‘डी’ पूर्ति गर्न गर्न चिकित्सक बताउँछन् । मिर्गौला, आन्द्रामा क्यान्सर भएका बिरामीले भने चिकित्सकको सल्लाह बमोजिम प्रतिस्थापन औषधि खानुपर्छ।
















बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
31 days left for HoR Polls: Printing of 3 million ballot papers for FPTP system completed
एकैघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया