शुक्रबार, माघ २३, २०८२

फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

मेरोन्यूज २०८२ माघ २३ गते १२:५३

काठमाडौं । फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै ग्राहक भेटघाट कार्यक्रम आयोजना सम्पन्न गरेको छ । फोटोनको आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने निरन्तरको प्रयासअनुरुप कार्यक्रम आयोजना गरिएको हो ।

सो कार्यक्रमको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फस्र्ट’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने तथा नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिइएको थियो ।

‘धनगढी कस्टमर मीट’ले ग्राहकहरूलाई फोटोन टिमसँग प्रत्यक्ष संवाद गर्न खुला मञ्च प्रदान गरेको कम्पनीको भनाई छ । ग्राहकहरूले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक सञ्चालनसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरेका थिए भने ब्रान्डसँगका आफ्ना भावी अपेक्षाहरूबारे छलफल पनि गरेका थिए । यी अन्तरक्रियाहरूले फोटोनलाई क्षेत्रीय सञ्चालन अवस्था र ग्राहक आवश्यकताबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सहयोग पु¥याएको छ ।

कम्पनीका अनुसार, कार्यक्रमको मुख्य आकर्षणका रूपमा फोटोनका विभिन्न सवारीसाधनहरू प्रदर्शन गरिएको थियो, जसमा टुनल्यान्ड जी७, माउन्टेन ईभी, लो रूफ भ्यान र सोकोन ईभी भ्यान समावेश थिए ।

प्रदर्शनमार्फत ग्राहकहरूले फोटोनका व्यावसायिक तथा विद्युतीय सवारीसाधनहरूलाई नजिकबाट अवलोकन गर्दै नेपालका बदलिँदा मोबिलिटी आवश्यकताहरूलाई कसरी सम्बोधन गरिएको छ भन्ने जानकारी लिने मौका पाएका थिए ।

फोटोनको १५३ भन्दा बढी स्थानमा रहेको चार्जिङ नेटवर्क र धनगढी क्षेत्रमा विस्तार भइरहेको चार्जिङ पूर्वाधारबारे पनि जानकारी समेत दिइएको थियो । ग्राहक भेटघाटमार्फत फोटोनले धनगढीका ग्राहकहरूसँग पारदर्शी संवाद, भरपर्दो सहयोग र दीर्घकालीन साझेदारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै ब्रान्ड र यसको सेवा संयन्त्रप्रतिको विश्वास अझ सुदृढ बनाएको छ ।

प्रतिक्रिया