इश्वर पाेखरेल भन्छन्- एकताकाे वातावरण धुमिल भयाे

काठमाडाैं । राष्ट्रियसभा सदस्यमा विजयी हुने बलिया आधार हुँदाहुँदै गृहमन्त्री रामबहादुर थापा पराजित भएपछि नेकपा (एमाले)का महासचिव इश्वर पाेखरेलले पार्टीभित्रकाे एकताकाे वातावरण धुमिल भएकाे बताएका छन् ।
बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेकाे बताएका छन् ।
‘यसखाले अराजक कृत्यले एमालेभित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ’, उनले भने, ‘पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’
आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने , कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय भएकाे उनकाे भनाइ छ ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया