रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
मेरोन्यूज
२०८२ माघ २३ गते १५:३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज शोक विज्ञप्ती जारी गरी जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको र ४५ जना घाइते भएका खबरले आफ्नो पार्टी स्तब्ध भएको बताए ।
रास्वपाले उक्त दुःखद् घटनामा असामयिक मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । त्यस्तै, दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
सम्बन्धित
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया