उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
मेरोन्यूज
२०८२ माघ २३ गते १९:३०

जलेश्वर (महोत्तरी)। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण रहेको बताएका छन् । उज्यालो नेपाल पार्टीले आज महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित महेन्द्र चोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशलाई उज्यालोमय बनाउन आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
अध्यक्ष घिसिङले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको र आफ्नो पार्टीको मुख्य एजेन्डा नै मधेस तथा समग्र देशबाट भ्रष्टाचार अन्त्य गर्नु रहेको उल्लेख गरे । उनले मधेसमा सामाजिक, वर्गीय जस्ता अनेकौ विभेद कायम रहेकाले प्रदेश पछाडि परेको हुँदा ती विभेदलाई अन्त्य गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।
सम्बन्धित
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया