यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भए पनि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थान र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।वाग्मती प्रदेश, सुदूर–पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र अन्य भू–भागमा सामान्यतः सफा रहनेछ ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया