इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् ।
अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।
देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ ।
जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरि गरेको विस्फोटमा ठूलो मानविय क्षति भएको बताएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यस अघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।
चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।
एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरुको उद्धार गर्दै गरेको देखाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडीयोले मस्जिदको अगाडिको गेट नजिकै धेरै शवहरू देखाएको छ भने मानिस र भग्नावशेष पनि रातो गलैँचा भएको प्रार्थना हलमा छरिएका थिए ।
उप–प्रधानमन्त्री इशाक दारले उक्त आक्रमणलाई “मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उल्लङ्घन भनेका छन् । पाकिस्तान सबै प्रकारका आतङ्कवादविरुद्ध एकजुट भएर उभिएको उहाँले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मार्फत जनाए ।
उनका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र पूजास्थलहरू विरुद्धको आक्रमण अस्वीकार्य भएको बताए ।
बढ्दो विद्रोहको विच पाकिस्तानको सुरक्षा बलले अफगानिस्तानको सिमानामा रहेका दक्षिणी र उत्तरी प्रान्तहरूमा विद्रोहलाई तीव्र बनाउँदै गर्दा यो आक्रमण भएको हो ।
सुन्नी बहुल राष्ट्र पाकिस्तानमा सियाहरू जनसङ्ख्याको १० देखि १५ प्रतिशतको बीचमा छन् भने उनीहरुको बसोबास क्षेत्र लक्षित आक्रमणहरू पटक पटक हुने गरेका छन् ।
इस्लामाबादले दक्षिणी बलुचिस्तानका पृथकतावादी सशस्त्र समूहहरू र पाकिस्तानी तालिबान र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अन्य इस्लामवादी उग्रवादीहरूले आक्रमण गर्न अफगान क्षेत्रलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ ।
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गरेको छ ।
सीमामा दुवै पक्षका सेनाहरू नियमित रूपमा भिडन्त हुँदै जाँदा द्विपक्षीय सम्बन्ध खस्केको जनाइएको छ ।
यस अघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीहरूले दावी गरेको आक्रमणमा ३६ जना सर्वसाधारण र २२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने प्रति–कारबाहीमा सुरक्षा बलले लगभग २०० जना आतङ्ककारीहरूलाई मारेको बताएका थिए ।
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया