टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
मेरोन्यूज
२०८२ माघ २४ गते १५:३०

नेदरल्यान्ड्सलाई पराजित गर्दै पाकिस्तानले भारत र श्रीलंकामा सुरु आइसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ।
श्रीलंकाको कोलोम्बोस्थित सिन्हालेस स्पोर्टस क्लब ग्राउण्डमा शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्डसलाई ३ विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुवात गरेको हो।
नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो।
पाकिस्तानको जितमा ओपनर साहिवजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए।
फहिम असरफ २९ रनमा अविजित रहे। सैम अयुब २४, बाबर अजाम १५ र कप्तान सलमान आगा १२ रनमा पेभेलियन फर्के।
नेदरल्यान्ड्सका लागि आर्यन दुत र पाउल भान मिकेरेनले समान २ विकेट लिए।
त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स १ बल अगावै १ सय ४७ रनमा अलआउट भयो।
नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्डस्ले सर्वाधिक ३७ रन बनाए। बास डे लिडले ३०, माइकल लेविटले २४ र कोलिनले २० रन थपे।
पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए। मोहम्मद नवाज, अवरार अहमद र सैम अयुवले समान २ विकेट आफ्नो नाममा गरे।
विश्वकपमा आज शनिबार नै वेष्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिका खेल्नेछन्।
सम्बन्धित


















मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
शरीरमा आगो लागेर मृत्यु घटनामा थप दुई जना पक्राउ
मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न
सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
इरान युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया