कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्छः सभापति थापा

ललितपुर, ८ माघः
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको नेका केन्द्रीय कार्य समितिको बैठकमा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहालररासस
काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्याउनुपर्नेमा जोड दिए ।
सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्याउनुपर्ने धारणा राखे । “कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्याउनुपर्छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ”, उनले भने ।
अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उनको भनाइ छ । सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्नुभयो । उनले विशेष महाधिवेशनमा कसैले जितेको र हारको नभई पार्टीले जितेको बताए ।
“सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ”, उनले भने । कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताए ।
उनले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको उल्लेख गरे । महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु पार्टी नभएको बताए ।
समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उहाँको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व कांग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको उनले बताए। कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद श्यामबहादुर खड्काले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए।
उनले नयाँ नेतृत्वसहित आएको पार्टीले देशको विकास गर्ने उल्लेख गरे । उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ को निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्छः सभापति थापा
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया