कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कांग्रेस चितवनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न र अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरे ।
उपसभापति शर्माले भने, ‘हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।’
पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै उनले देश बदल्ने संकल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए ।
‘पार्टीले २१ फागुनलाई लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ । अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ’, उपसभापति शर्माले भने, ‘अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्याऔँ ।’
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गरे ।
चितवन प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार राजेन्द्र बुर्लाकोटी, क्षेत्र २ का उम्मेदवार मीनाकुमारी खरेल र क्षेत्र नं ३ का उम्मेदवार टेकप्रसाद गुरुङले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए । कांग्रेसले गरेका कामबारे जानकारी गराउँदै सबैलाई गोलबद्ध गर्न र मतदाता जोड्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
















राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया