मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो बनाइँदै

चितवन।आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले जिल्लाका तीन निर्वाचन क्षेत्रमा निर्वाचन सुरक्षा ‘बेस’ स्थापना गरी सुरक्षा दिन सुरुआत गरेको छ । तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय लक्षित गर्दै सुरक्षा बेस स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार निर्वाचन प्रयोजनका लागि बेस स्थापना गरिएको हो । उनले भने, “निर्वाचनको समयमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै बेस स्थापना गरिएको हो ।”
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । क्षेत्र नं १ को खैरहनीमा, क्षेत्र नं २ को भरतपुर–१० मा र क्षेत्र नं ३ को रामपुरमा बेस स्थापना गरिएको उहाँले जानकारी दिए । निर्वाचनको प्रयोजन सकिएसँगै बेसहरू हट्ने छन् । यससँगै जिल्लाको दुई स्थानमा नेपाली सेनाले सुरक्षा दिन थालनी गरेको छ ।
भरतपुर विमानस्थल र कारागार कार्यालयमा सेनाले सुरक्षा दिन थालेको उनले बताए । जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त गस्तीसमेत सुरु गरिएको उनको भनाइ छ । उनले भने, “अहिले हामीले मतदानस्थालको निरीक्षणसँगै सुरक्षाको व्यवस्थालाई बलियो वनाउँदै लगेका छाँ ।”
















कतारी लगानी आकर्षणका विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल
नवलपुरका मतदाता भन्छन् – चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया