सोमबार, फागुन ४, २०८२

यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’

मेरोन्यूज २०८२ फागुन ४ गते ११:१८

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू प्रधानमन्त्री बनेपछि आईटीको क्षेत्रमा गर्ने कामको चर्चा गरेका छन्। 

Advertisement
nepal life insurencenepal life insurence

सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडिओ सार्वजनिक गर्दै उनले आफूले आईटीको क्षेत्रमा गर्न चाहेको परिवर्तनको रोडम्यापको चर्चा गरेका हुन्। 

‘मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ भनेको थिएँ,’ थापाले भनेका छन्, ‘त्यतिबेला यो हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर, मैले त्यतिबेला हावादारी कुरा गरेको थिइँन। त्यो कुनै उडन्ते सपनाको कुरा पनि होइन। गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’

उनले आईटीको क्षेत्रमा आफूले गर्न चाहेको कामका केही योजना पनि बताएका छन्। 

‘तपाईँहरूलाई याद छ भने अघिल्लो सयरकारको पालामा अध्यादेशमार्फत सूचना प्रविधिको क्षेत्रमा केही सुधार गर्यौँ। त्यसले तत्कालै केही परिणामहरू पनि देखायो,’ थापाले भनेका छन्, ‘अहिले पनि आईटी सेक्टरमार्फत् ग्लोव स्केलका सम्भावनाहरु भित्र्याउने मेरो प्रतिवद्धता हो।’

 उनले नेपालमा आईटीको क्षेत्रमा केही काम भए पनि त्यो अपर्याप्त भएको पनि बताएका छन्। https://www.facebook.com/watch/?v=904361789120879

प्रतिक्रिया