नेशनल लाईफद्धारा मधेश प्रदेशका अभिकर्ताहरु सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
सम्मानका क्रममा, प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै सबै तहका अभिकर्ताहरुको लागि अभिकर्ता मैत्री योजना ल्याउने क्रममा बार्षिक रुपमा प्रदेश स्तरिय कार्यक्रम गर्ने गरी सीईओ क्लबको अवधारणा ल्याएको र यस अवधारणा अन्तर्गत सीईओ क्लबमा नेपालभरबाट १६०० जना भन्दा बढि अभकिर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।
सो समारोहमा उपस्थित अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता अभिवृद्धि गर्ने सम्वन्धमा विभिन्न उदाहरण मार्फत महत्वपूर्ण तालिम प्रदान गरेका थिए ।
यसैगरी सो प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये जनकपुर शाखाका लक्ष्मण पण्डित र लाहान शाखाका श्याम चन्द्र राईले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरेका थिए भने सहभागि अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा मेहेनतको कदर भएको र यस प्रकारको उत्कृष्ट तालिमको व्यवस्था गरेकोमा कम्पनी प्रति आभार व्यक्त गरेका थिए ।

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
प्रतिक्रिया