सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर भएको दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।
दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । घटना अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईश्वरपुर नगरपालिका–१३ को बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
एमालेको घोषणापत्र : युवालाई प्रत्येक महिना १० जीबी डाटा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया