निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम गरेको छ ।
यहाँ आज आयोजित उक्त कार्यक्रममा महासङ्घले पत्रकारलाई आचारसंहिताको प्रभावकारी पालना, जिम्मेवार समाचार सम्प्रेषण तथा पेसागत मर्यादाबारे स्पष्ट मार्गदर्शन दिएको छ । कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकी तुलाधरले आयोग प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभइ सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनका क्रममा पत्रकारको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने उल्लेख गर्दै सत्य, पुष्टि गरिएका तथा सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
“स्वतन्त्र र जिम्मेवार पत्रकारिताले मात्र स्वच्छ र निष्पक्ष निर्वाचनलाई सुदृढ बनाउन सक्छ,” आयुक्त डा तुलाधरले भने ।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचनअघि आयोजना गरिएको यस्तो कार्यक्रमले पत्रकारको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै के गर्ने र के नगर्ने भन्ने विषयमा स्पष्टता ल्याउने विश्वास व्यक्त गरे । उनले पत्रकारलाई भयरहित वातावरणमा सूचना सङ्कलन र समाचार सम्प्रेषण गर्न सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरे ।
नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश धौलाकोटीले उपत्यकामा कार्यरत पत्रकारका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । साथै शनिबारदेखि सातै प्रदेशमा समेत यस्ता कार्यक्रम विस्तार गरिने उनले बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनका बेला निष्पक्षता, व्यावसायिकता र आचारसंहिताको पूर्ण पालना गर्दै विश्वसनीय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया