अध्यक्ष दाहालद्वारा निर्माणाधीन सङ्घीय संसद् भवन निरीक्षण

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले आगामी सङ्घीय संसद्को अधिवेशन यही भवनबाट चल्नुपर्ने भएकाले पछिल्लो समय काममा देखिएको प्रगतिले आशावादी तुल्याएको प्रतिक्रिया दिए ।
अध्यक्ष दाहालले भने, “जुन गतिबाट यो बन्नुपर्छ भन्ने लागेको थियो, त्यो स्पिड अझै आउन सकेको देखिन्न । तथापि पहल गरिरहेका छौँ, निर्माण व्यसायी लागि रहेका छन्, आगामी सदन यसै भवनबाट चल्ने गरी भवन हस्तान्तरण गरिनुपर्छ ।”
सहरी विकासमन्त्री कुमार इङनामले आगामी चैत १ गते कम्तीमा पनि प्रतिनिधिसभा, सेन्टर लबी र चमेना गृह हस्तान्तरण गर्ने हिसाबले प्रतिबद्धताका साथ काम भइरहेको जानकारी दिए ।
उनले भने, “आगामी सङ्घीय संसद्को बैठक नयाँ भवनबाटै चल्ने व्यवस्थाका लागि प्रतिबद्धताका साथ काम अघि बढाइएको छ, त्यसका लागि भवन निर्माणमा संलग्न कम्पनीलाई आगामी चैत १ गते प्रतिनिधिसभा, सेन्टर लबी र चमेना गृह हस्तानतरण गर्नुस् भनिएको छ । आशावादी छाँै, अरू विकल्प पनि छैन ।”
भवन निर्माणका लागि दिइएको समय र कामको गति एवं प्रगतिका आधारमा त्यो समयभित्र भवन हस्तान्तरण गर्न अझै थप मेहनत गर्नुपर्ने देखिएको उल्लेख गर्दै मन्त्री इङनामले अहिले भवनको आन्तरिक ‘फिनिसिङ’को तथा सभाहलमा जडान गर्नुपर्ने केही उपकरण विदेशबाट ल्याउनुपर्ने जानकारी दिए ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया