सोमबार, वैशाख २१, २०८३

देश जलाउनेहरूले नै हाम्रो झण्डा जलाए : एमाले

मेरोन्यूज २०८२ फागुन ८ गते १७:२६

नेकपा (एमाले)ले दाङमा बिहीबार पार्टीको झण्डा जलाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

Advertisement
NiccNicc

शुक्रबार एमाले आम निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले प्रेस विज्ञप्ति जारी गरी झण्डा जलाउनेहरूलाई कारबाही गर्न माग गरेका छन्।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो झण्डा जलाएको एमालेको आरोप छ। एमालेले आफ्नो झण्डा जलाउनेलाई गत भदौ २४ गते आगजनी र तोडफोड गर्नेहरू नै रहेको जिकिर गरेको छ। ‘लाखौँ जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्‍याउने गरी सूर्य चिह्न अंकित झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ।

यो अराजकता, उद्दण्डता र अपराधिक घटना नेकपा (एमाले) घोर भत्र्सना गर्दछ,’ विज्ञिप्तमा भनिएको छ। झण्डा जलाउने कार्यले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘झण्डा जलाउने कार्यबाट निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको छ।आफ्नो झण्डा जलाउनेलाई कारबाही नगरिए प्रतिकार गर्ने चेतावनी समेत एमालेले दिएकाे छ।

प्रतिक्रिया