रूसमाथि इयूको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी

रुसविरुद्ध युरोपेली सङ्घ (इयू) को प्रतिबन्धको पछिल्लो प्याकेज रोक्ने हङ्गेरीले आइतबार चेतावनी दिएको छ ।
“जबसम्म युक्रेनले हङ्गेरी आपूर्ति गर्ने पेट्रोलियम पदार्थको प्रमुख पाइपलाइन पुनः खोल्दैन, इयूको प्रतिबन्धको पछिल्लो प्याकेज रोक्नेछ ,” हङ्गेरीका प्रधानमन्त्रीले आइतबार भने ।
“प्रतिबन्धहरूको लागि हङ्गेरीको कुनै समर्थन छैन; रूसविरूद्ध इयूले लगाउने घोषणा गरेको २० औँ प्रतिबन्ध प्याकेज अस्वीकार गरिनेछ,” प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेखेका छन् ।
“जबसम्म युक्रेनले ड्रुज्बा पाइपलाइन मार्फत हङ्गेरी र स्लोभाकियामा तेल ट्रान्जिट पुनः सुरु गर्दैन, हामी किएभका लागि महत्त्वपूर्ण निर्णयहरू अगाडि बढ्न दिनेछैनौं,“ विदेश मन्त्री पिटर सिजार्टोले एक्समा पोस्ट गरेको एक सन्देशमा भनिएको छ।
स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउन आफ्नो क्षेत्र पार गर्ने ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणबाट क्षतिग्रस्त भएको युक्रेनले बताएको छ । फेब्रुअरीको सुरूमा इयूले रूसको बिरूद्ध नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेको थियो ।
बैंकिङ र ऊर्जा क्षेत्रहरूलाई लक्षित गर्दै सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण गरेपछिको यो इयूको २० औँ प्याकेज हो ।
युरोपेली आयोगले उसको व्यापार प्रतिरक्षा उपकरणलाई पनि सक्रिय गर्न चाहन्छ । यी उत्पादनहरू रूसमा पुनः निर्यात हुने उच्च जोखिम रहेको जनाउँदै इयूले पहिलो पटक सबै मेशिन उपकरण र रेडियो उपकरणको निर्यातमा प्रतिबन्ध लगाउन चाहेको छ।
नयाँ प्रतिबन्धहरू लागू हुनु अघि इयूका सबै २७ सदस्य राष्ट्रहरूले आफ्नो स्वीकृति दिनुपर्छ ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया